Pura Samachar

साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग खेल्दै

प्रकाशित: September 27, 2023
पूरा समाचार

साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग खेल्दै

काठमाडौं : साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग खेल्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजेर ३० मिनेटमो सुरु हुनेछ। भुटानमाथि २–१ को रोमाञ्चक जित निकाल्दै भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो।

नेपालले माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो।

आजै हुने अर्को खेलमा पाकिस्तान र भुटान भिड्दैछन्। पाकिस्तान समूह एक बिजेता हो भने भुटान समूह बीको उपविजेता। यी दुई टोलीबीचको खेल दिउँसो १ बजेर ३० मिनेटमा सुरु हुनेछ। पाकिस्तानले नेपाललाई १–० ले हराएको थियो भने माल्दिभ्ससँग बराबरीमा रोकिएको थियो। भुटानले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो।

प्रतिक्रिया