Pura Samachar

सुनको मूल्य ओरालो

प्रकाशित: September 28, 2023
पूरा समाचार

सुनको मूल्य ओरालो

काठमाडौं । बिहिबार सुनको मूल्य ओरालो लागेको छ । बुधबार तोलामा ८०० रुपैयाँले ओरालो लागेको सुन आज फेरी एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख नौ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलमा १५ रुपैयाँले ओरालो लागेको छ । चाँदी आज तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया