Pura Samachar

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी

प्रकाशित: September 30, 2023
पूरा समाचार

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी

काठमाडाैं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी हुनुभएकाे छ । शुक्रबार राति सम्पन्न मतगणनामा ढुंगेल निर्वाचित हुनुभएकाे  हाे ।

अन्तिम परिणामअनुसार ६ सय ९६ मत प्राप्त गरी ढुंगेल निर्वाचित हुँदा उहाँका निकटम प्रतिस्पर्धी कृष्णप्रसाद दाहालले ४ सय ३९ मत प्राप्त गर्नुभएकाे थियाे ।

रामेछापका ढुंगेल यसअघि २०७४ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेशमन्त्रीसमेत हुनुभएकाे थियाे । उहाँलाई महासचिव शंकर पोखरेलको समर्थन रहेको बताइएको थियो ।

बागमतीको उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेम कुमार महर्जन र भक्त कुमारी लामा विजयी हुनुभएकाे छ ।

प्रतिक्रिया