
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीचको वार्ता मिलेको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको वार्ताबाट सहमति जुटेको हो ।
सरकारसँग वार्ता मिलेसँगै चिकित्सक संघले पाँच दिनदेखि जारी राखेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको छ ।
पछिल्लो समय मणिपाल(पोखरा, माडी, चितवन, हेटौडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो ।
सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा. दिपेन्द्ररमण श्रेष्ठ र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिकाको संयोजक डा. शेसराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया