
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीपकुमार ढकाल तथा तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध पनि मुद्दा दायर गरेको छ ।
उनीहरुविरुद्ध सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
आयोगका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्ति अनुसार आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१।७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
पशुपति क्षेत्र विकास कोषकै पदाधिकारीको मिलेमतोमा मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी राख्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानबिन गरेको थियो ।
विज्ञप्ती
प्रतिक्रिया