Pura Samachar

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

प्रकाशित: October 3, 2023
पूरा समाचार

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९०० र तेजाबी सुन १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि उच्च अङ्कको गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

प्रतिक्रिया