अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य भारतले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । भारतका लागि विराट कोहलीले ८५ रन बनाए भने केएल राहुल ९७ रनमा अविजित रहे । अस्ट्रेलियाका जश हेजलवूडले ३ तथा मिचेल स्टार्कले १ विकेट लिए ।
सुरुवाती २ रनमै तीन ब्याटर गुमाएपछि भारत दबाबमा आएको थियो । इशान किशन, रोहित शर्मा र श्रेयस अय्यर शून्यमै आउट भएका थिए । त्यसपछि विराट कोहली १२ रनमा ब्याटिङ गरिरहँदा मिचेल मार्शले सहज क्याच छाडेपछि कोहलीले जीवनदान पाएका थिए । त्यसपछि कोहली र राहुल मिलेर चौथो विकेटका लागि १६५ रनको साझेदारी गरेका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा १९९ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन बनाए भने डेभिड वार्नरले ४१ रन बनाए ।
भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिए भने जसप्रित बुमराह र कूलदीप यादवले २-२ तथा रविचन्द्रन अश्विन, हार्दिक पान्ड्या र मोहम्मद सिराजले १-१ विकेट लिए ।













प्रतिक्रिया