Pura Samachar

साविक विजेता म्यानचेस्टर सिटी पराजित

प्रकाशित: October 9, 2023
पूरा समाचार

साविक विजेता म्यानचेस्टर सिटी पराजित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलम आर्सनलले साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले ग्याब्रिएल मार्टिनेलीको गोलमा सिटीलाई १–० गोलले हराएको हो। जितसँगै आर्सनल २० अंकसहित तालिकाको दोस्रो स्थानमा  उक्लेको छ।

समान २० अंक रहेको टोटेनह्याम गोल अन्तरका कारण शीर्षस्थानमा छ। पराजित सिटी १८ अंकसहित तेस्रो स्थानमा झरेको छ।

गएराति नै भएको अर्को अर्को खेलमा लिभरपुल र ब्राईटनले २–२ को रोमाञ्चक बराबरी खेलेका छन्। घरेलु मैदान एमेक्स स्टेडियममा भएको खेलमा ब्राईटनको लागि सिमोन अडिनग्रा र बेन डंकले गोल गरे। लिभरपुलका लागि दुबै गोल मोहम्मद सलाहले गरे।

बराबरी पछि लिभरपुल ७ खेलमा १७ अंक सहित चौथो स्थानमा रहँदा ब्राईटन १६ अंक सहित छैठौं स्थानमा छ। अन्य खेलमा वेस्ट ह्याम र न्युक्यासल युनाइटेडले २–२ र उल्भ्स र एस्टन भिल्लाले १–१ को बराबरी खेले।

 

प्रतिक्रिया