Pura Samachar

सुनको मूल्य वृद्धि

प्रकाशित: October 9, 2023
पूरा समाचार

सुनको मूल्य वृद्धि

काठमाडौं । दसैँको मुखैमा सुनको मूल्य पनि महँगिदै गएको छ । सोमबार छापावाला सुन एकैदिन प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाली बजारमा अघिल्लो दिन अर्थात आइतबार १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने बढेर १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासँघका अनुसार आज तेजावी सुनको भने १ लाख ८ हजार १०० रुपैयाँ तोकिएको छ । आइतबार भने १ लाख ७ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि महँगिएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ पुगेको छ । आइतबार १ हजार ३३० रुपैयाँ खरिदबिक्री भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया