Pura Samachar

गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

प्रकाशित: October 9, 2023
पूरा समाचार

गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

रसुवा— रसुवाको आमाछोरिङ्मोगाउँपालिका–२ नेसिङ खोलामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

नेसिङबाट आलु बोकेर ग्रेतर्फ जाँदै गरेको बा ५ ख ५७८ नम्बरको गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थल मै मृत्यु भएको हो ।

मृत्यु हुनेमा आमाछोरिङ्मो-२ का अन्दाजी ३० वर्षीय फुर्पाछोवाङ‚ ४० वर्षीया पेम्बा डोल्मा तामाङ र अन्दाजी ३० वर्षीय अक्कलबहादुर तामाङ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

गाडी सडकबाट करिब २ सय मिटर तल खसेको बुढाथोकीले बताए । उनका अनुसार घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याइँदै छ ।

प्रतिक्रिया