
काठमाडौँ । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख आठ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख आठ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तीन दिन देखि सुनको मूल्य निरन्तर बढी रहेको छ ।
महासँघका अनुसार आज तेजावी सुनको भने १ लाख ८ हजार १०० रुपैयाँ तोकिएको छ । आइतबार भने १ लाख ७ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि महँगिएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ पुगेको छ । आइतबार १ हजार ३३० रुपैयाँ खरिदबिक्री भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया