Pura Samachar

श्रीलंकाकाे पहिलो जित

प्रकाशित: October 22, 2023
पूरा समाचार

श्रीलंकाकाे पहिलो जित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको हो ।

नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ६३ रनको लक्ष्य श्रीलंकाले १० बल अगावै पछ्यायो । श्रीलंकाको जीतमा सदिरा समराविक्रमाले सर्वाधिक ९१ रनको योगदान दिए ।

प्रतिक्रिया