Pura Samachar

पश्चिमी वायुको आंशिक प्रभाव रहेको भएपनि सामान्यतया मौसम सफा रहने

प्रकाशित: October 23, 2023
पूरा समाचार

पश्चिमी वायुको आंशिक प्रभाव रहेको भएपनि सामान्यतया मौसम सफा रहने

काठमाडौं । आज (साेमबार) देशको पहाडी भू-भागमा आँशिक वदली रहे पनि बाँकी भू-भागमा मौसम सफा सफा रहने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भएपनि सामान्यतया मौसम सफा रहने छ ।

वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक÷दुई स्थानमा मेघ जर्गनसहित हल्का वर्षाको सम्भावना छ ।

उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया