Pura Samachar

रियल मड्रिड, बायर्न म्युनिख, इन्टर मिलान,आर्सनलकाे शानदार जित

प्रकाशित: October 25, 2023
पूरा समाचार

रियल मड्रिड, बायर्न म्युनिख, इन्टर मिलान,आर्सनलकाे शानदार जित

काठमाडौं : युरोपेली च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले गलातासरेमाथि शानदार जित निकालेको छ। ​

गलातासरेको राम्स पार्कमा भएको खेलमा  घरेलु टिम बायर्नसँग ३-१ ले पराजित हुनपुग्यो।  पहिलो लेगको खेलमा भने उसले बायर्नसँग ६-०को फराकिलो हार ब्यहोरिसकेको छ। यस्तै गएराति नै भएको खेलमा इन्टर मिलानले साल्जबर्गलाई २-१ ले हरायो। ​

गएराति नै भएको खेलमा युनियन बर्लिन नापोलीसँग एक शून्यले पराजित भयो। खेल्नेछ। सेभियाको रंगशालामा भएको खेलमा घरेलु टोलीले आर्सनलसँग २-१ ले पराजित हुन पुग्यो। आर्सनलले १५ वर्ष पछि सेभियालाई उसको मैदानमा हरायो।

गएराति नै भएको अर्को खेलमा  रियल मड्रिडले स्पोटिङ ब्रागालाई २-१ ले हरायो।  समूह सीको शीर्ष स्थानमा रियल समूहमा अपराजित रहँदै नकआउट चरण पुग्न चाहन्छ।  यस्तै गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले कोपनहेगनलाई १-० ले हरायो। समूह ए मा रहेको युनाइटेडले पहिलो जित निकाल्यो।

मंगलबार राति नै भएको खेलमा लेन्स र पिएसभीले बराबरी खेल्दा बेन्फिका रियल सोसिडाडसँग एक शुन्यले पराजित हुन पुग्यो।

प्रतिक्रिया