Pura Samachar

स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ

प्रकाशित: October 30, 2023
पूरा समाचार

स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं। स्रोत नखुलेको रकमसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

महोत्तरीको जलेश्वर नगरपालिका-७ बखरी चोकबाट स्रोत नखुलेको रकम सहित भारत सीतामढी थाना बेला पंचायत बस्ने ४० वर्षीय अरूण पंजियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनको साथबाट प्रहरीले १३ लाख २० हजार रूपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना.३ ख २८७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पंजियारको साथबाट नगद फेला परेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया