Pura Samachar

काठमाडौंको गोठाटारमा प्रहरीले गोलि चलाएर एक भारतीय नागरिकलाई नियन्त्रणमा

प्रकाशित: November 1, 2023
पूरा समाचार

काठमाडौंको गोठाटारमा प्रहरीले गोलि चलाएर एक भारतीय नागरिकलाई नियन्त्रणमा

काठमाडौं, १५ कात्तिक । काठमाडौंको गोठाटारमा प्रहरीले गोलि चलाएर एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

लागूऔषध तथा पेस्तोलसहित रहेका भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो ।

करिमको दाहिने दिघ्रामा गोलि लागेको छ। उनलाई उपचारका लागि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको छ। करिमको साथबाट प्रहरीले ६.७५ एमएमको पेस्तोल बरामद गरेको छ।

यस्तै उनको साथबाट लागूऔषध ब्राउनसुगर पनि बरामद भएको छ ।

प्रतिक्रिया