
काठमाडौँ । सेयर बजारमा ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । पहिल्लो समय सेयर बजार निरन्तर राताम्य हुँदा संसददेखि सडकमा आवाजहरु उठन् थालेका छन् । बजारमा लागेको राताम्यले लगानीकर्ता चिन्तित बन्दा नियामक निकाय भने मुखदर्शक भएका छन् ।
धितोपत्र बोर्डले नकारात्मक नेटवर्थ भएका कम्पनीलाई समेत आइपीओ निष्कासनको अनुमति दिएको भन्दै लगानीकर्तामा निराश पैदा भएको छ । प्रिमियममा आइपीओ निष्कासन गरेको सोनापुर मिनरल्स र घोराही सिमेन्टको समेत सेयर मूल्य ओरालो लागेको छ । सोहि कारण पनि लगानीकर्ता डराएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८६ अकंले घटेर १८४७.७० बिन्दुमा बन्द भएको छ । आज २८१ कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
बिहिबार ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८८ प्रतिशत, विकास बैंक समूहको ०.३५ प्रतिशत, फाइनान्स समूहको १.०५ प्रतिशत, हाइड्रोपावर समूहको १.१० प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया