Pura Samachar

अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले हरायाे

प्रकाशित: November 4, 2023
पूरा समाचार

अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले हरायाे

काठमाडौं । आईसीसी क्रिकेट विश्वकपमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले हराएको छ । नेदरल्यान्ड्सले दिएको १८० रनको लक्ष्य अफगानिस्तानले ३१ ‌ओभर ३ बलमा पूरा गर्दै विश्वकपमा चौथो जित दर्ता गरेको हो ।

लखनउस्थित एकाना क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४६ दशमलव ३ ओभरमा १७९ रन बनाएको थियो । ओपनर वेस्ले बरेसी १ रनमा मुजीब उर रहमानको बलमा पवेलियन फर्किएका थिए । दोस्रो विकेटका लागि कोलिन अकर-मन र म्याक्स ओ डडले ६९ रनको साझेदारी गरे । ओ डड ४२ रनमा मैदान बाहिरिए । अकर-मनले २९ रन जोडे । कप्तान स्कट इडवार्डस , बास डी लिड , सकिब जुल्फिकर र लोगन भान बिक सिंगल रनमा आउट भएपछि नेदरल्यान्ड्सको इनिङस कमजोर बनेको थियो । साइब्रान्ड एंगल ब्रेच्टले ५८ रन बनाए ।

बलिङतर्फ मोहम्मद नाबीले तीन, नुर अहमदले दुइ, र रहमानले एक विकेट लिए ।

जवाफमा अफगानिस्तानले ३१ ओभर तीन बलमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । रहमानुल्लाह १० रनमा आउट भएपछि मात्र अफगानिस्तान सम्हालिएको थियो । तर इब्राहिम जरदानले पनि २० भन्दा धेरै रन बनाउन सकेनन् । राहमत शाह ५२ रनमा पवेलियन फर्किए । कप्तान हसमतुल्लाह शाहिदि अविजित रहँदै ५६ रन बनाए ।

नेदरल्यान्ड्सका भान विक, भान डर मेर्वे र शाकिब जुल्फिकुरले समान एकएक विकेट लिए ।

सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनोट हुने लक्ष्य राखेको नेदरल्यान्ड्सले महत्वपूर्ण दुई अंक जोड्ने योजना बनाए पनि सफल हुन सकेन् ।

प्रतिक्रिया