
काठमाडाैं । मन्त्रिपरिषद् बैठक अहिले बिहाना ८ बजे बस्ने भएकाे छ । भूकम्प पीडितका लागि राहत तथा उपचारका विषयमा निर्णय गर्न बैठक बस्न लागेकाे हाे ।
शुक्रबार मध्यराति जाजरकाेट केन्द्र बिन्दू भएर गएकाे ६.४ म्याग्निच्युडकाे भूकम्पले एक सय ५७ काे मृत्यु भएकाे छ भने एक सय ९७ जना घाइते अवस्थामा उपचाररत छन् ।
यसअघि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावित क्षेत्रमा पीडितकाे उद्धारमा १८ घण्टा समय दिनुभएकाे थियाे ।
उहाँले घाइतेहरूकाे उद्धार सकिएकाले उनीहरूकाे उपचार तथा पीडितहरूका लागि राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त भाैतिक संरचना पूनर्निर्माणका विषयमा निर्णय गर्न आज (आइतबार) बिहानका लागि मन्त्रिपरिषद् बैठक बाेलाउनु भएकाे हाे।
प्रतिक्रिया