Pura Samachar

पाकिस्तानले न्युजिल्याण्डलाई २१ रनले हरायाे

प्रकाशित: November 5, 2023
पूरा समाचार

पाकिस्तानले न्युजिल्याण्डलाई २१ रनले हरायाे

काठमाण्डौ । विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई २१ रनले हराएको छ । वर्षाले बाधा उत्पन्न गरेको खेलमा पाकिस्तान डिएल मेथडमा २१ रनले विजयी भएको हो ।
न्युजिल्याण्डले शुरुमा ४ सय २ रनको लक्ष्य दिए पनि पानी परेर खेल प्रभावित भएपछि पाकिस्तानले ४१ ओभरमा ३ सय ४२ रनको लक्ष्य पाएको थियो । तर पाकिस्तानले २५ ओभर ३ बलमा एक विकेट गुमाएर २ सय रन रन बनाएको अवस्थामा पानी परेपछि खेल फेरि रोकियो ।

पानी नरोकिएपछि डिएल पद्धतिका आधारमा पाकिस्तानले २१ रनले विजयी भयो । पाकिस्तानका फखर जामानले शतक प्रहार गरे । जमान एक सय २६ र बाबर आजम ६६ रनमा नटआउट रहे ।

त्यसअघि बेंग्लोरमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनायो । उसका लागि रचिन रविन्द्रले १ सय ८ रन र  केन विलियम्सनले ९५ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद वासिमले तीन विकेट लिए । आठ खेलमा ८ अङ्कका साथ न्युजिल्याण्ड तालिकाको चौथो र समान खेलमा ८ अङ्क रहेको पाकिस्तान रन रेटका आधारमा पाँचौँ स्थानमा छ ।

सेमिफाइनलमा पुग्न पाकिस्तानले अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनैपर्नेछ, साथै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।

प्रतिक्रिया