
काठमाडौं । सोमबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो ।
आइतबार १ लाख १५ हजार ९०० रुपैयाँमा किनबेच भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आजका लागि सुनको भाउ १ लाख १५ हजार ४०० रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको भाउ पनि १ लाख १४ हजार ८५० रुपैयाँ तोकिएको महासँघले जनाएको छ ।
प्रतिक्रिया