Pura Samachar

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३० अकंले बढेर १८४७.५४ बिन्दुमा

प्रकाशित: November 6, 2023
पूरा समाचार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३० अकंले बढेर १८४७.५४ बिन्दुमा

काठमाडौँ । लगातार चौथो दिन राताम्य भएको बजार आज भने सुधार आएको छ । बजार आज दोहोरो अकंले बढेको हो ।

धितोपत्र बोर्डले नकारात्मक नेटवर्थ भएका कम्पनीलाई समेत आइपीओ निष्कासनको अनुमति दिएको भन्दै लगानीकर्तामा निराश पैदा भएको छ । लगानीकर्ताको मनोबल कमजोर भईरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३० अकंले बढेर १८४७.५४ बिन्दुमा बन्द भएको छ । आज २८३ कम्पनीको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच हुदाँ ९३ करोड ८९ लाख २९ हजार रुपैयाँमा पुगेको छ ।

सोमबार १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको ०.५४ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत, फाइनान्स समूहको ०.८२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया