Pura Samachar

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा बुधबार भूकम्प प्रभावित क्षेत्रमा जाने

प्रकाशित: November 8, 2023
पूरा समाचार

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा बुधबार भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा बुधबार भूकम्प प्रभावित क्षेत्रमा जाने तयारी हुनुहुन्छ । महामन्त्रीद्वय थापा र शर्मा पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा जान लाग्नुभएकाे हाे ।

पुन:स्थापना र पुन:निर्माणका लागि नेपाली कांग्रेसले आफ्नाे धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइसकेकाे छ। यसको कार्यान्वयनमा के कस्तो समस्याहरू आईपर्न सक्छन् ? सरोकारवालाहरूको सुझावहरू के के छन् ? आदि विषयमा महामन्त्रीद्वयले परामर्श र अध्ययन गर्ने बताइएकाे छ ।

महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरूप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने नेपाली कांग्रेसले जनाएकाे छ।

नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली मर्माहत र स्तब्ध भएको र यस विपत्तिको सामना सबै राजनैतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर एकताबद्ध भएर गर्नुपर्ने जनाएकाे छ। कांग्रेसले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने घाेषणा गरिसकेकाे छ।

प्रतिक्रिया