Pura Samachar

इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनले हरायो

प्रकाशित: November 9, 2023
पूरा समाचार

इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनले हरायो

पुने — डिफेन्डिङ च्याम्पियनका रूपका कमजोर प्रदर्शन गरेको इंग्ल्यान्डले बुधबार विश्वकप २०२३ मा आफ्नो दोस्रो जित निकालेको छ । उसले त्यसका लागि नेदरल्यान्ड्सलाई १ सय ६० रनले हरायो । यो जितपछि इंग्ल्यान्डको ४ अंक भएको छ ।

यो जितले इंग्ल्यान्डको च्याम्पियन्स ट्रफिका लागि छनोट हुने सम्भावना कायम रह्यो । अर्कोतर्फ हारले नेदरल्यान्ड्सको सेफिमाइनल प्रवेशको गणितीय सम्भावना पनि समाप्त भएको छ । नेदरल्यान्ड्सको पनि ४ अंक रहेको छ । जितका लागि ३ सय ४० रनको लक्ष्य पाएको नेदरल्यान्ड्स ३७.२ ओभरमात्रै टिक्यो र १ सय ७९ रन बनाएर अलआउट भयो । नियमित अन्तरमा विकेट गुमाएको नेदरल्यान्ड्सका केही ब्याटरले राम्रो सुरुआत गरे पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन् ।

तेजा निदामनुरुले सर्वाधिक ४१ रन बनाए र नटआउट रहे । यस्तै स्कट एडवार्ड्सले ३८ र वेल्सी बरेसीले ३७ रन बनाए । त्यस अगाडि इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ३ सय ३९ रन बनाएको थियो ।

इंग्ल्यान्डको यो प्रदर्शन बेन स्टोक्सको शतकमा टिकेको थियो । उनले ८४ बलमा १ सय ८ रन बनाए । त्यसमा छ चौका र छ छक्का सामेल थियो । ओपनर डाविड मालनले पनि ७४ बलमा ८६ रनको महत्त्वपूर्ण योगदान दिए । उनले १० चौका र दुई छक्का पनि प्रहार गरे । तल्लो क्रमका ब्याटर त्रिस बक्सले ४५ बलमा ६१ रन बनाए । डच बलरमध्ये बास डे लिडले ७४ रनमा तीन विकेट लिए । यस्तै आर्यन दत्त र लोगान भान बिकले २/२ विकेट हात पारे ।

प्रतिक्रिया