
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यो हप्ता कतै घुम्न जाने योजना बन्न सक्छ । रोकिएका कार्यहरू पुन सञ्चालनमा आउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कृषि कार्यमा सफलता हात लाग्नेछ । समाजमा प्रभाव बनाउन सकिनेछ । साताको अन्त्यमा आत्मघाती काम गर्न पुगिएला, सचेत हुनु पर्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): यो साता सेवा गर्ने अवसर जुट्न सक्छ । आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नजिकैको मित्रसँग भेटघाट हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । कृषि क्षेत्रबाट राम्रै लाभ हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग खैरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): साताको पूर्वार्द्धमा गरेका काममा ढिलासुस्ती हुनेछ । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । जिद्दीपनाले गर्दा सम्बन्ध बिग्रने डर छ । मानसिक चिन्ता पनि बढ्नेछ । साताको उत्तरार्ध बाट एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गर्नाले सफलता हात पर्नेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): यो साता अत्यन्तै शुभ रहेको छ समयको सदुपयोग गर्नसके सर्वाधिक फाइदा हुनेछ । धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ र रिसराग लाई नियन्त्रण गर्न पनि जरूरी छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घ्यू रङ्ग वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): यो सातामा घरमा नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत रहनु पर्छ । शेयर बजार पनि नोक्सानदायी रहला । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ । कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । नयाँनौलो समाचार सुन्न पाइनेछ । शेयर बजारको क्षेत्र पनि फलदायी नै हुनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): यो हप्ता सुखदुःख बराबरी खालको समय छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । करियरको लागि मनमा दुबिधा र खुल्दुली उत्पन्न हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ । मध्य सातामा भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): यो सातामा नयाँ कार्यको योजना बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । आकस्मिक धनलाभ र महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग कालो वा सुन्तलारङ हो । कुनै शुभकर्म गर्नु पूर्व इष्ट देवताको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): यो साता पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ । साताको अन्त्यमा चोटपटकको सम्भावनाका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): यो सातामा शुभकार्यको चर्चा चल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ । साहित्यिक क्षेत्रमा झुकाव हुनेछ, तर स्वास्थ्य प्रति चैं सचेत रहनै पर्छ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ । कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): साताको सुरुवातमा अल्ली बढी व्यस्त रहन पर्नसक्छ । घर व्यवहारको समस्याले सताउनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको उत्तरार्धबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । नयाँ काम वा रोजगार पनि पाइन सक्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग कालो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व माता लक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): यो साता दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ र नयाँ र शुभकार्यको अवसर पनि मिल्नेछ । मध्य सातामा मन खिन्न हुने र अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग पर्पल वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व मान्यजनको सल्लाह लिई कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
प्रतिक्रिया