Pura Samachar

आजको राशिफल

प्रकाशित: November 14, 2023
पूरा समाचार

आजको राशिफल

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुने दिन छ । खानपानमा एकदम सावधान रहनुहोला । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । समयले साथ नदिने देखिन्छ । खर्च पनि बढ्ला । पारिवारिक समस्याको भने समाधान मिल्ने देखिन्छ । रसरागमा आकर्षण रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): विवेकको सही प्रयोग भइ चिताएको काममा सफलता पाइने समय छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सुखद रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पुराना साथीसँगको भेटघाटले मन रमाउने समय छ । धनलाभ होला । परिवारबाट सुखको अनुभूति पनि मिल्ला । सोचेका काममा सफलता मिल्नेछ । शुभ समाचार प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि रहला । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हाँसखेल र मनोरञ्जनका क्रममा दिन बित्नेछ । आज रमणीय र सुखद यात्राको योग पनि रहेको छ । परिवारमा खुशिको माहोल छाउला । आयबल र शुभता बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल बढ्ने समय भएपनि आजको दिन खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने योग रहेकोले सावधान रहनुहोला । स्वाास्थ्यपनि सामान्य कमजोर रहला छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्य वृद्धि हुनेछ । बन्देैन भनेको काम पनि अथक प्रयासमा बन्ने समय छ । मित्रवर्ग एवम् आफन्तजनको सहयोग प्राप्त होला । आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । शुभ तथा सुखद यात्राको योग छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आम्दानीको बाटो खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । स्वास्थ्य सवल रहला । साझेदारीको काम बन्नेछ । आरोग्यता रहला । दाम्पत्यसुख बढ्नेछ । रोग र शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नयाँ कामको योजना बनाउँदा फाइदा हुने समय छ । काममा जाँगर आउला, धनको लाभ पनि हुनेछ । सन्तान पक्षबाट सुखको अनुभुति होला । ब्यापार-ब्यवसायबाट लाभ मिल्ने देखिन्छ । मनमा खुशी मिल्नेछ । आफन्तले काममा साथ दिने छन् । आरोग्यता र सुख बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने समय छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावनाका साथै चोटपटकको भय पनि रहला । हातहतियारबाट जोगिएर काम गर्नु हितकर होला । छिमेकमा सामान्य विवाद हुन सक्छ, संयमता अपनाइ व्यवहार गर्नुहोला । सन्तानपक्षबाट सुख मिल्नेछ । मिठो भोजन प्राप्त हुने समय छ । भ्रमणमा आकर्षण बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): धनमान प्राप्तिको साय छ । नोकरी र राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग रहेकोले सावधानी अपनाउनु हितकर होला । प्रेमभाव र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता बढ्ने र पराक्रम बढ्ने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । दाम्पत्य जीवन सुखद रहनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त होला । कृषिकार्यबाट विशेष फाइदा लिन सकिने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आरोग्यता बढ्नेछ भने साझेदारीको काम बन्नेछ ।

प्रतिक्रिया