Pura Samachar

चार देशीय टी–ट्वेन्टी: नेपाली महिला टोलीले आज घरेलु टोली हङकङसँग खेल्दै

प्रकाशित: November 16, 2023
पूरा समाचार

चार देशीय टी–ट्वेन्टी: नेपाली महिला टोलीले आज घरेलु टोली हङकङसँग खेल्दै

काठमाडौं : चार देशीय टी–ट्वेन्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा नेपाली महिला टोलीले आज घरेलु टोली हङकङसँग खेल्दैछ।

हङकङ क्रिकेट क्लब मैदानमा खेल दिउँसो पौने १२ बजे सुरु हुने छ। नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छ। बुधबार भएको खेलमा नेपाली टोली तान्जानियासँग २७ रनले पराजित भएको थियो।

खराब ब्याटिङ गरेको नेपाल तान्जिानियाले दिएको १ सय १६ रनको लक्ष्य पूरा गर्न असफल भएको हो। आजको खेल नेपाली ब्याटरका लागि पुनरागमन गर्ने राम्रो अवसर हो।

हङकङले भने जितका साथ प्रतियोगिताको सुरुवात गरेको छ। पहिलो खेलमा उसले जापानमाथि ९ विकेटको सहज जित हात पारेको हो।

नेपाल सन् २०२३ मा हङकङविरुद्ध तेस्रो पटक खेल्दैछ। पछिल्ला दुई टी-ट्वेन्टी आईमा नेपाल विजयी भएको थियो। नेपाल आईसीसी महिला टी-ट्वेन्टी वरीयतामा हङकङभन्दा एक स्थान मात्र अघि छ। नेपाल वरीयताको २१ औं र हङकङ २२ औं स्थानमा छ।

प्रतिक्रिया