Pura Samachar

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने मुद्दा आजदेखि निरन्तर सुनुवाइ हुने

प्रकाशित: November 21, 2023
पूरा समाचार

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने मुद्दा आजदेखि निरन्तर सुनुवाइ हुने

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको आरोपविरुद्धको मुद्दामा आजबाट पाटन उच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ ।

कानुनी निरूपण क्रममा अहिलेसम्मकै गम्भीर र राज्य तहका वरिष्ठ पदाधिकारी संलग्न यो मुद्दामा बहस गर्नका लागि प्रतिवादीहरूका तर्फबाट ६० भन्दा बढी कानुन व्यवसायी रहेका कारण मंगलबारबाट निरन्तर सुनुवाइको तालिका तय भएको हो  ।

झन्डै ६ महिनायता सुन्धारा तथा नख्खुस्थित कारागारमा पुर्पक्ष थुनामा रहेका १६ प्रतिवादीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी अभियोग छ । उक्त मुद्दाको सुनुवाइपछि काठमाडौं जिल्ला अदालतले गत असार १ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया