Pura Samachar

जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि निषेधित क्षेत्र तोक्याे

प्रकाशित: November 22, 2023
पूरा समाचार

जिल्ला प्रशासन कार्यालय ललितपुरले  पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि  निषेधित क्षेत्र तोक्याे

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि जिल्लाका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोक्नुभएकाे हाे ।

काठमाडौं प्रशासनले एक महिनाका लागि निषेधाज्ञा तोकेर आलोचना भइरहेका बेला ललितपुरले भने ६ महिना लामो अवधिसम्म निषेधाज्ञा हुने जनाएको छ ।

पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’

प्रतिक्रिया