
काठमाडौँ । बिहिबार स्थिर रहेको सुनको मूल्य आज भने घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदी भने बढेको छ । शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया