
काठमाडौँ । सेयर बजारमा केहि दिन यता सुधारको संकेत देखिरहेको छ । बजार आज लगातार तेस्रो दिन सुधार आएको हो । साताको पहिलो कारोबारको दिन मै बजार उच्च सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.७५ अकंले बढेर १९०७.९५ बिन्दुमा बन्द भएकोछ । आज २९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार १३ उपसूचक नै हरियाली भएका छन् । आज बैंकिङ समूहको १.८७ प्रतिशत, विकास बैंक समूहको २.६३ प्रतिशत, फाइनान्स समूहको ३.९१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८० प्रतिशत, हाइड्रोपावर समूहको ३.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया