Pura Samachar

अष्ट्रेलिया विरुद्धको दोस्रो टी २० क्रीकेटमा भारत ४४ रनले विजयी

प्रकाशित: November 27, 2023
पूरा समाचार

अष्ट्रेलिया विरुद्धको दोस्रो टी २० क्रीकेटमा भारत ४४ रनले विजयी

अष्ट्रेलिया विरुद्धको दोस्रो टी २० क्रिकृटमा भारत ४४ रनले विजयी भएको छ । त्रिभुवनपुरमको मैदानमा पाहुना टोलीका कप्तान म्याथ्यु वेडले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे जुन उनको टोलीका लागि गलत साबित भयो।

भारतको शीर्ष क्रमको उत्कृष्ट ब्याटिङका ​​कारण टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३५/४ रन बनाएको थियो र अष्ट्रेलियालाई कठिन लक्ष्य दिएको थियो, जुन पाहुना टोली ४४ रनले चुक्यो । यस सिरिजमा टीम इन्डियाले २–० को अग्रता लिएको छ ।

टस हारेर ब्याटिङमा आएका भारतीय टोलीका ओपनर यशस्वी जैसवालले २५ बलमा ९ चौका र २ छक्काको मद्दतले ५३ रन बनाए । जैसवाल र ऋतुराजबीच ५.५ ओभरमा ७७ रनको साझेदारी भयो । ऋतुराज गायकवाड र इशान किशनले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे । इशान किशनले पनि अर्धशतकीय पारी खेले ।

उनले ३२ बलमा ३ चौका र ४ छक्का सहित ५२ रन बनाए । अन्तिम ओभरमा ऋतुराज गायकवाडलाई कप्तान सूर्यकुमार यादवले साथ दिए । यस क्रममा गायकवाडले आफ्नो अर्धशतक पूरा गरे भने सूर्यकुमार यादवले १९ रनको इनिङ खेले ।

ऋतुराज गायकवाडले ३ चौका र २ छक्का सहित ५८ रनको उत्कृष्ट इनिङ खेले । अन्त्यमा रिंकु सिंहले पनि ९ बलमा ३१ रन बनाए । रिंकु सिंहले आफ्नो छोटो पारीमा ४ छक्का र २ चौका प्रहार गरे । २३६ रनको लक्ष्य पछ्याएको कंगारु टोलीले तीव्र सुरुवात गरेको थियो ।

पहिलो विकेटका लागि म्याथ्यु सर्ट र स्टिभ स्मिथले ३ ओभरमा ३५ रन जोडेपनि रवि बिश्नोईले सर्टलाई आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए ।

यसपछि अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् र ५८ रनमा ४ विकेट गुमाए । स्मिथले १९ रन, जोस इंग्लिसले २ र म्याक्सवेलले १२ रन बनाए । टिम डेभिड र मार्कस स्टोइनिसबीच पाँचौं विकेटका लागि ८१ रनको साझेदारी भयो । मार्कस स्टोइनिसले ४५ रनको शानदार इनिङ खेले भने टिम डेभिड ३७ रन बनाएर प्याभिलियन फर्किए ।

अन्तिम ओभरमा कप्तान म्याथ्यु वेडले एक छेउमा उभिएर ४२ रनको विस्फोटक इनिङ खेले तर लक्ष्य धेरै टाढा रह्यो । भारतका लागि प्रसिद्ध कृष्ण र रवि बिश्नोईले ३–३ विकेट लिए भने अक्षर पटेल, मुकेश कुमार र अर्शदीप सिंहले १–१ विकेट लिए ।

प्रतिक्रिया