Pura Samachar

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता

प्रकाशित: November 28, 2023
पूरा समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार(आज) दुई नेताबिच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । दुई नेताबिचको भेटवार्तामा के कुराकानी भयो भन्नेबारे खुलेको छैन ।

अध्यक्ष ओली मंगलबार सुदूरपश्चिम जाँदै हुनुहुन्छ भने प्रधानमन्त्री प्रचण्ड कोप सम्मेलनका लागि बुधबार दुबई जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया