
काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ ।
दशरथ रंगशालामा शुक्रबार भएको खेलमा धनगढीले लुम्बिनीलाई १-० ले हराएको हो ।
धनगढीको जितमा ओलावले अफिजले विजयी गोल गरे ।
बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा अफिजले गोल गरेका थिए ।
अहमद इजाजीले मैदानको मध्य भागबाट निकालेको पासमा अफिजले सुन्दर गोल गरेका थिए ।
धनगढी लगातार दोस्रो जित सहित लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
धनगढीले २ खेलबाट ६ अंक जोडेको छ । बुटवल लगातार दोस्रो खेलमा पराजित बनेको हो । बुटवल प्रतियोगितामा अंक विहीन छ ।
प्रतिक्रिया