Pura Samachar

पोखरामा जारी प्रथम केपी अ‍ोली कपको उपाधि मधेश प्रदेशलाई

प्रकाशित: December 1, 2023
पूरा समाचार

पोखरामा जारी प्रथम केपी अ‍ोली कपको उपाधि मधेश प्रदेशलाई

काठमाडौँ । पोखरामा जारी प्रथम केपी अ‍ोली कपको उपाधि मधेश प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा विभागीय टिम आर्मीलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो ।

मधेशले दिएको १३६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मी निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रनमा समेटिएपछि आर्मीले उपाधिबाट विमुख भएको हो । राष्ट्रिय क्रिकेट टिमको सिनियर खेलाडीले भरीभराउ आर्मीका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । त्यस्तै नटआउट रहँदै विवेक यादवले २५ र भीम सार्कीले २२ रन जोडेपति त्यो जितका लागि प्रयाप्त भएन् ।

प्रतिक्रिया