Pura Samachar

२८ औं सम्मेलन (कोप २८) मा सहभागी भइ प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किँदै

प्रकाशित: December 3, 2023
पूरा समाचार

२८ औं सम्मेलन (कोप २८) मा सहभागी भइ प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज (आइतबार) स्वदेश फर्किँद हुनुहुन्छ। दुवईमा आयाेजना भएकाे जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप २८) मा सहभागी भइ प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किन लाग्नुभएकाे हाे ।

शनिबार उहाँले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्यप्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताउनुभएकाे थियाे ।

सम्मेलनमा प्रधानमन्त्री दाहालले आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको बताउनुभएकाे थियाे ।

सम्मेलनका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री दाहाल कोप–२८ मा सहभागी हुन वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो तथा नेपाल सरकारका अन्य अधिकारीहरूसहित  मंसिर १३ गते दुवई प्रस्थान गर्नुभएकाे थियाे।

प्रतिक्रिया