
काठमाडौं । राष्ट्रियसभा चुनावका लागि पुस २३ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै माघ ११ गते हुने मतदानका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको हो ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता नामावली प्रकाशन पुस २० गते हुनेछ। त्यस्तै दिन दाबी विरोध गर्नका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिइएको छ।मतदाताको अन्तिम नामावली पुस २२ गते सार्वजनिक हुने । २३ मनोनयन पत्र दर्ता, २४ गते उम्मेदवारीविरुद्ध उजुरी दिन पाउने गरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ ।
यस्तो छ निर्वाचन कार्यतालिका :

प्रतिक्रिया