Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: December 5, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । निरन्तर नयाँ रेकर्ड कायम गरी रहेको सुनको मूल्य आज भने ओरालो लागेको हो । सुन तोलामा आज २४ सय रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदी पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

प्रतिक्रिया