Pura Samachar

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट न्यायाधीश सुष्मलता माथेमा र विनोद शर्माको इजलासमा

प्रकाशित: December 5, 2023
पूरा समाचार

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट न्यायाधीश सुष्मलता माथेमा र विनोद शर्माको इजलासमा

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मलता माथेमा र विनोद शर्माको इजलासमा परेको छ ।

रिट निवेदनमाथि यसअघि सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो ।

टिकट प्रतिबन्धविरुद्धका १४ वटै रिटलाई लगाउमा राखिएकाले एकसाथ सुनुवाइ गरिनेछ । माथेमा र शर्माको संयुक्त इजलासमा टिकटकविरुद्धका रिट २६औँ नम्बरमा परेका छन् ।

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया