Pura Samachar

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुदै

प्रकाशित: December 9, 2023
पूरा समाचार

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुदै

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो १ बजे धनगढी एफसी र स्पोर्टिङ मेची डे इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा काठमाडौँ रेन्जर्स र बुटवल लुम्बिनी आमनेसामने हुनेछन् । दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजे हुनेछ ।

यसअघि शुक्रबार भएको झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ ।

दशरथ रङ्गशाला मैदानमा भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले जित हात पार्न नसक्दा खेल बराबरीमा सकिएको हो। यस खेलसँगै वीरगञ्जको ४ खेलमा २ अङ्क भएको छ । समान खेल खेलेको झापाको भने ३ अङ्क छ ।

प्रतिक्रिया