Pura Samachar

बुटवलले साविक विजेता काठमाडौंलाई २–१ ले हरायाे

प्रकाशित: December 10, 2023
पूरा समाचार

बुटवलले साविक विजेता काठमाडौंलाई २–१ ले हरायाे

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा शनिबार बुटवल लुम्बिनीले काठमाडौं रेजर्सलाई हराएको छ ।

दशरथ रंगशालामा शनिबारको दोस्रो खेलमा बुटवलले साविक विजेता काठमाडौंलाई २–१ ले हराएको हो ।

सुरुवाती अग्रता बुटवलले २८ औं मिनेटमा स्टेफन सामिर बिनोङको गोलमा लिएको थियो । पहिलो हाफमा १–० ले अघि बढेको बुटवलका लागि दोस्रो हाफमा एरिक विष्टले गोल गर्दै बुटवलको अग्रतालाई २–० मा पुर्याएका थिए ।

जिलेस्पी जंग कार्कीको क्रसमा कप्तान समेत रहेका एरिकले गोल गर्न सफल भएका थिए । खेलको इन्जुरी समयमा राजिव लोप्चनले गोल गरेपनि काठमाडौंको हार टार्न भने सकेनन् । काठमाडौंका केही सुन्दर अवसर बुटवलका गोलकिपर मोहमदुले विफल पारेका थिए ।

सुरुवाती दुई खेल गुमाएर सिजनको खराब सुरुवात गरेको बुटवल पछिल्ला तीन खेलमा अपराजित छ ।

तेस्रो खेलमा स्पोर्टिङ इलामलाई हराएको बुटवलले चौथों खेलमा एफसी चितवनसँग अंक खोस्न सफल भएको थियो । पछिल्ला तीन खेलमा बिनोङले बुटवलका लागि गोल गरेका छन् ।

काठमाडौंलाई हराउँदै बुटवल लुम्बिनी लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौं भने ५ अंक सहित तालिकाको पाँचौं स्थानमा झरेको छ ।

प्रतिक्रिया