Pura Samachar

ललितपुर सिटी एफसी जित, शीर्ष स्थानको होडमा रोमाञ्चक

प्रकाशित: December 11, 2023
पूरा समाचार

ललितपुर सिटी एफसी जित, शीर्ष स्थानको होडमा रोमाञ्चक

ललितपुर सिटी एफसीको जितसँगै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा दाबेदार मानिएका टोलीबीच शीर्ष स्थानको होडमा रोमाञ्चक बनेको छ।

अपराजित ललितपुर सिटीले आइतबार एफसी चितवनमाथि ३–१ को जित निकालेसँगै जारी एनएसएलमा शीर्ष स्थानको होड रोमाञ्चक बन्ने भएको हो। ९ टोली सम्मिलित यस सिजनमा तीन खेल खेल्न बाँकी हुँदा शीर्ष स्थानको ललितपुर सिटी र चितवनबीच चार अंकको मात्र अन्तर छ।

समान पाँच खेल सकिँदा ललितपुरको दुई जित र तीन बराबरीसहित ९ अंक छ। चितवन भने एक जित, समान दुई बराबरी र हारसँगै पाँच अंकसहित छैटौं स्थानमा छ। अंकमा धेरै अन्तर नभएकाले चितवनको पनि शीर्ष स्थानको दाबेदारी जीवतै छ।

तर, त्यसका लागि शीर्ष स्थानको होडमा रहेका अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ। डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सको चार खेलबाट समान पाँच अंक छ। चार खेल खेल्न बाँकी रहेको पाँचौं स्थानको रेजर्स पनि शीर्ष स्थानको बलियो दाबेदार हो।

समान पाँच अंक भए पनि गोलअन्तरको रेजर्स पाँचौं स्थानमा छ। सुरुआती दुई खेलबाट अपराजित यात्रामा फर्किएको बुटवल युनाइटेडले पनि अप्रत्याशित रूपमा शीर्ष स्थानको होडमा आफूलाई उभ्याएको छ। पाँच खेलबाट बुटवलको दुई जित र एक हारका साथ सात अंक छ।

आफ्नो पाँचौं खेलमा ललितपुरले दशरथ रंगशालामा चितवनलाई हराएपछि दोस्रो जितसहित जारी दोस्रो सिजनमा आफूलाई शीर्ष स्थानमा उभ्याएको हो। ललितपुरको जितमा विवेक पौडेल र पापा केबेले गोल गरे। त्यसअघि खेलको पहिलो अवसर ललितपुरले १३औं मिनेटमा सिर्जना गर्‍यो।

प्रतिक्रिया