
काठमाडौँ । साताको चौथो कारोबारको दिन समेत सेयर बजारमा सुधार आएको छ । साताको पहिलो दिन उच्च अकंले बढेको बजार सोमबार नाफा बुक गर्नेहरु हाबी भए । नाफा बुक गर्नेहरु सक्रिया हुँदा करेक्सन आएको बजारमा पुनः लगातार २ दिन सुधार आएको हो । बजार आज सामान्य सुधार आएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको हो । राष्ट्र बैंक लचिलो भएपछि बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताका अनुमान रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६० अकंले बढेर १९८८.०४ बिन्दुमा बन्द भएको छ । बुधबार २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार ९ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.४० प्रतिशत, विकास बैंक समूहको १.१५ प्रतिशत, फाइनान्स समूहको ०.३४ प्रतिशत, हाइड्रोपावर समूहको ०.४० प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया