Pura Samachar

चितवनलाई १–० गोल अन्तरले हराउँदै धनगढी शीर्ष स्थानमा

प्रकाशित: December 14, 2023
पूरा समाचार

चितवनलाई १–० गोल अन्तरले हराउँदै धनगढी शीर्ष स्थानमा

काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा चितवनलाई १–० गोल अन्तरले हराउँदै धनगढी शीर्ष स्थानमा उक्लेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीलाई जित दिलाउन ओलावाले अफिजले निर्णायक गोल गरे ।

ओलावालले खेलको दोस्रो मिनेटमा गोल गर्दै धनगढीलाई जित दिलाएका हुन् । पहिलो हाफको इन्जुरी समयमा चितवनले बराबरी गर्ने अवसर पाएको थियो ।

तर, चितवनका विमल धर्तीमगरले पेनाल्टी मिस गर्न पुगे । दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा धनगढीले जित निकालेको हो ।

आजको जितसँगै धनगढी शीर्ष स्थानमा उक्लेको छ । धनगढीको ५ खेलबाट ११ अंक छ ।  दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ । पराजित चितवन पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया