Pura Samachar

प्राडा गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै फेरि सत्याग्रह सुरु गर्ने

प्रकाशित: December 15, 2023
पूरा समाचार

प्राडा गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै फेरि सत्याग्रह सुरु गर्ने

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै फेरि सत्याग्रह सुरु गर्ने भएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै डा केसीले साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन्।

संक्रमणकालीन न्यायप्रक्रिया टुंगोमा पुर्‍याउन र यसअघि आफूहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न पर्ने उनको माछ।

सरकारी अस्पतालमा माग अनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र निशुल्क औषधिहरु सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउन सरकारले डा केसीसँग पटपटक सम्झौता गर्दै आएपनि कार्यान्वयनको गति सुस्त छ।

डा केसीको हालै पित्तथैलीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरेको १० दिन मात्र भए पनि डा केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै आमरण अनसन सुरु गर्ने घोषणा गरेका हुन्।

प्रतिक्रिया