Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: December 19, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा पाँच रुपैयाँले घटेको हो । चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया