Pura Samachar

जिरोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

प्रकाशित: December 19, 2023
पूरा समाचार

जिरोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

जिरोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा जिरोनाले आलाभेसलाई ३–० गोल अन्तरले पराजित गर्दैै जिरोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जिरोनाको जितमा आर्टेम डोभबिकले २ तथा पोर्चुले एक गोल गरे । २३ औं मिनेटमा आर्टेम डोभ–बिकले हेडरमार्फत गोल गर्दै जिरोनालाई १–० को अग्रता दिलाए ।

पोर्चुले गोल गर्दै जिरोनालाई २–० ले अघि बढाए । जिरोनाले ५९ औं मिनेटमा पेनाल्टीको अवसर पायो । जसमा डोभ–बिकले सहजै गोल गर्दै जिरोनालाई लिगको शीर्ष स्थानमा पु¥याए । योसँगै जिरोनाले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ । उसको १७ खेलमा ४४ अंक छ । दोस्रो स्थानको रियाल मड्रिडको ४४ अंक छ । आलाभेस १६ अंकका साथ तालिकाको १३ औं स्थानमा छ ।

प्रतिक्रिया