
काठमाडौँ । निरन्तर सात दिनसम्म उकालो लागेको बजार आज भने करेक्सन देखिएको छ । बजारमा लगानीकर्ता बिक्री गर्ने हाबि भएपछि सेयर बजार दोहोरो अकंले घटेको हो ।
बजार घट्नु र बढ्नु एक प्रक्रिया नै भएको हुँदा समग्रमा बजारले अब सकारात्मक नै बाटो तय गर्ने एक लगानीकर्ताले बताए । उनले भने, बैंकको ब्याजदर घटेको छ । अझै घट्ने अवस्थामा रहेको छ । नियामक निकाय समेत केहि लचक नीति ल्याउदै छ । लगानीकर्ताको मनोबल समेत बढी रहेको छ । यो बेला बजार घट्ने कुनै कारण नै छैन । आजको घट्नुलाई सामान्य करेक्सनको रुपमा लिन सकिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.७७ अकंले घटेर २१०९.१० बिन्दुमा बन्द भएको छ । बिहिबार ३०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।
बिहिबार बजार ओरालो लाग्दा ११ उपसूचक घटेका छन् । आज बैंकिङ समूहको १.८७ प्रतिशत, विकास बैंक समूहको ३.२३ प्रतिशत, फाइनान्स समूहको ३.१० प्रतिशत, होटल तथा पर्यटन समूहको २.९९ प्रतिशतले सेयर मूल्य घटेको हो ।
प्रतिक्रिया