Pura Samachar

म्यानचेष्टर सिटीलाइ फिफा क्लब विश्वकपको उपाधि

प्रकाशित: December 23, 2023
पूरा समाचार

म्यानचेष्टर सिटीलाइ फिफा क्लब विश्वकपको उपाधि

काठमाडौं, पुस ७ : इंग्लिस क्लब म्यानचेष्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ।

शुक्रबार राति साउदीमा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–०ले हराउँदै सिटीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो।

सिटी युईएफए च्याम्पियन्स लिगको विजेता हो भने फ्लुमिनेन्स कोपा लिवार्टाडोसेरको विजेता हो।

सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरे भने फिल फोडेनले १ गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो। सिटीले दुवै हाफमा समान २ गोल गरेको थियो।

सिटीले खेल सुरु भएको १ मिनेट नबित्दै अग्रता लियो। उसका ४० सेकेन्डमै अल्भारेजले गोल गरेका थिए। २७औं मिनेटमा फोडेको क्रस रोक्ने क्रममा मोटा फिल्होले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले अग्रता दोब्बर बनायो।

पहिलो हाफमा २–०को अग्रता लिएको सिटीले दोस्रो हाफमा पनि २ गोल गरेको थियो। ७२औं मिनेटमा फोडेनले गोल गरे भने ८८औं मिनेटमा अल्भारेजले गोल गरेपछि सिटी ४–०ले विजयी भयो।

क्लब विश्वकप जित्ने चौथो इंग्लिस क्लब बनेको सिटी एकै सिजन ५ उपािध जित्ने पहिलो इंग्लिस क्लब बन्यो। उसले यो वर्ष च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, युईएफए सुपर कप र क्लब विश्वकप जित्यो।

यसअघि म्यानचेष्टर युनाइटेड, लिभरपुल र चेल्सीले क्लब विश्वकप जितेका थिए।

प्रतिक्रिया