Pura Samachar

बिरगञ्ज युनाईटेडकाे बुटवल लुम्बिनीसँग हार

प्रकाशित: December 23, 2023
पूरा समाचार

बिरगञ्ज युनाईटेडकाे बुटवल लुम्बिनीसँग हार

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा शनिबार बिरगञ्ज युनाईटेडले बुटवल लुम्बिनीसँग हार ब्यहोरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा बिरगञ्जले लुम्बिनीसँग १–० को हार ब्यहोरेको हो ।

बिरगञ्जलाई हराउन बुटवलका लागि इन्जुरी समयमा चन्दन दासले विजयी गोल गरे ।

बुटवलसँग हारेको बिरगञ्ज प्लेअफको दौडबाट बाहिरिएको छ ।

बुटवललाई हराउँदै प्लेअफमा स्थान पक्का गर्ने अवसर बिरगञ्जसँग थियो । तर लिग चरणको अन्तिम खेलमा बिरगञ्जले जित निकाल्न सकेन ।

बिरगञ्जको हारसँगै त्यसको फाइदा ललितपुर, काठमाडौं र झापालाई पुगेको छ । विरगञ्जको हारले ललितपुरले प्लेअफमा लगभग स्थान पक्का गरेको छ ।

बिरगञ्ज ८ अंक सहित तालिकाको आठौं स्थानमा रह्यो । बुटवल जित निकाल्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया